चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

नयाँदिल्ली– भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो ।
चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ । इस्रोद्वारा जारी विज्ञप्तिमा आउँदो सेप्टेम्बर ७ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ । चन्द्रयानको स्वास्थ्य र गुणस्तर राम्रो भएकाले चन्द्रमामा अवतरण सफल हुने इस्रोले जनाएको छ । यो यान गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो ।
चन्द्रयान–२ आजसम्म चन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमा अवतरण गर्नेछ । चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोभर रहेका छन् ।
चन्द्रमाको सतहमा पहिलो पटक भारतीय यान अवतरण गर्न लागेको हो । यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा