बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

म्याद थपका लागि रबि लामिछानेसहित तीनै जनालाई अदालत लगिँदै

मङ्गलबार, ०३ भदौ २०७६, १२ : १८
मङ्गलबार, ०३ भदौ २०७६

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ । 

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो । 

तर अनुसन्धानका लागि अझैँ समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताए । 

प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ ।

आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप