शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी कार्यालय आशा र भरोषाको प्रतिक हो : आईजीपी खनाल

मङ्गलबार, ०३ भदौ २०७६, १२ : ००
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पीडामा परेर प्रहरी कार्यालय आउने सेवाग्राहीको लागि प्रहरी कार्यालय आशा र भरोषाको प्रतिक रहेको बताएका छन् । 

(संघीय प्रहरी ईकाई कार्यालय, पोखारा प्रदेश गण्डकी)को भवन समुद्घाटन तथा ब्यारेक, मेस भवनको शिलान्याश कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो कुरा बताएका हुन् । 

अत्याधुनिक सुविधा सम्पन्न भवन जनतालाई छिटो छरितो सेवा सुविधा प्रदान गर्न सफल हुनुपर्ने आईजीपी खनालको भनाई थियो । उनले भने, ‘सुविधा सम्पन्न भवन भएमा प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ सेवा प्रदान गर्न ऊर्जा मिल्नेछ ।’ 

आईजीपी खनालले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कुनै प्रकारको कमी नहुने प्रतिबद्धता जनाए । ‘प्रहरी भनेको प्रहरी जस्तै हुनुपर्छ,’ आईजीपी खनालले भने । 

समुदाय–प्रहरी साझेदारी अन्तर्गत समाजका विभिन्न तह तप्काबाट आशातित सहयोग मिलेको बताउँदै आईजीपी खनालले भने, ‘यसले जनतालाई प्रहरीसँग अझ नजिक बनाई सुरक्षित समाजको व्यवस्थामा ऊर्जा प्रदान गरेको छ ।’

कार्यक्रममा आईजीपी खनालले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मानसहित पुरस्कृत पनि गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप