शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उमराव जान’ जस्ता फिल्मका संगीतकारको ९२ वर्षमा निधन

मङ्गलबार, ०३ भदौ २०७६, ११ : ३६
मङ्गलबार, ०३ भदौ २०७६

‘कभी कभी’ र ‘उमराव जान’ जस्ता फिल्ममा संगीतकार खय्यामको सोमबार राती निधन भएको छ । ९२ वर्षीय खय्याम साहब फोक्सोमा संक्रमण देखिएपछि केही दिनदेखि बिरामी थिए र मुम्बईको सुजय अस्पतालको आइसियूमा भर्ना थिए । उनी पद्म भूषण र संगीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित थिए ।

९० औं जन्मदिनमा ट्रस्ट बनाएः

९० औं जन्मदिनमा खय्याम साहबले बलिउडलाई एउटा अचम्मको रिटर्न गिफ्ट दिएका थिए । उनले जीवनभरीको कमाईलाई एउटा ट्रस्टको नाममा गरिदिने घोषणा गरेका थिए । करिब १२ करोड भारु ट्रस्टलाई दिइयो । यो पैसाले आवश्यकता परेका कलाकारको मद्दत गर्न थालियो । गजल गायक तलत अजिज र उनकी श्रीमती बिनालाई मुख्य ट्रस्टी बनाइयो ।

पहिलो कमाई दुई सय रुपैयाँः

खय्यामले कभी–कभी, उमराव जान, त्रिशुल, नुरी, बाजार, रजिया सुल्तानजस्ता फिल्मलाई संगीत दिए । ‘इन आँखोँ की मस्ती के’, ‘बडी बफा से निभाई हमने...’ जस्ता गीतका रचयिता खय्यामले नीजि जीवनमा विभिन्न मुश्किलको सामना गरे । दोस्रो विश्वयुद्धमा उनले एक सिपाहीको रुपमा आफ्नो सेवा दिइसकेका छन् । पञ्जाबको नवांशहरमा जन्मिएका मोहममद जहूर खय्यामले करियरको सुरुवात सन् १९४७ मा गरेका थिए ।

एक अन्तरवार्तामा उनले भनेका थिए, ‘म केएल सहगलसँग प्रेरित भएर हिरो बन्न चाहन्थेँ । मुम्बई आउँदा मैले मेरा गुरु संगीतकार हुस्नलाल–भगतरामले प्लेब्याक सिंगिंगको मौका दिए । त्यो गीतमा मेरी को–सिंगर जोहरा जी थिइन् । मेरो पहिलो कमाई दुई सय भारु थियो । त्यहाँबाट अघि बढेर म यहाँसम्म पुगेँ । ’

कभी कभी (सन् १९७७) र ‘उमराव जान’ (१९८२) का लागि खय्यामले बेस्ट म्युजिकको फिल्मफेयर अवार्ड जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप