अक्षय कुमारको ‘मिसन मंगल’ले तोड्यो शाहिद कपुरको ‘कबिर सिंह’ को रेकर्ड
मङ्गलबार, ०३ भदौ २०७६, ०९ : ३७
अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो । यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।
बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७.२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गर्यो ।
अक्षयको फिल्मले मुम्बई, पुणे, दिल्ली, बेंगलुरु र कोलकातामा राम्रो व्यापार गर्यो । अन्य शहरमा कबिर सिंहको तुलनामा कमजोर नै रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी