दशैंमा केएनपीले ल्यायो “रङ्गमा दङ्ग” योजना

काठमाडौं– जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सकिनेछ । यस योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडि टिभी जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुनको लागि ग्राहकहरुले KNP <space> सिरियल नम्बर <space> ग्राहकको नाम टाईप गरी ३४००१ मा एसएमएस गर्न सक्नेछन् ।
सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ ।
नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ । नेपाली पेन्टका ग्राहकहरुका लागि केएनपिले लगातार दोस्रो पटक रङ्गमा दङ्ग जस्तो आकर्षक अफर ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
-
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति