कर्णालीमा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको धारणा राखेका हुन् ।
टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण सम्झौता नेपालको अहितमा रहेको भन्दै उनीहरुले जिएमआरलाई म्याद थप नगर्न सुझाएका छन् । नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरि राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गरे ।
वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पूर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताए । उनले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै उनले यससम्बन्धमा सरकार हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यस विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिए । उनले राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराए ।
उनले वर्तमान सरकारले कम्युनिष्ट शब्दलाई नै बदनाम गर्ने काम गरेको आरोप पनि लगाए । सरकारमा रहेका नेताहरबाट राजनीतिक समस्या समाधान भयो भन्ने अभिव्यक्ति आएकोमा आपत्ति जनाउँदै उनले राजनीतिक परिर्वतनका लागि अझै अर्को आन्दोलन र क्रान्ति आवश्कय रहेको दाबी गरे ।
माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्म जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दूर्भाग्य र राष्ट्रघात भएको बताए । नेपालका राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका नेपालसँगै भारत र बंगलादेशको पनि चासो रहदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा फरार
-
रवी लामिछानेको ज्यान असुरक्षित भएको भन्दै रास्वपाले मानव अधिकार आयोगलाई बुझायो निवेदन
-
५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान
-
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
-
नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न