आतङ्कवाद सम्बन्धमा नेपाली कर्मचारीलाई भारतमा तालिम
सोमबार, ०२ भदौ २०७६, १८ : २६
काठमाडौं– भारतको फरीदाबादमा ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयमा नेपाली अधिकारीहरुलाई तालिम दिइरहेको छ ।
नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतको तर्फबाट तालिम दिइरहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सो प्रशिक्षण ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन भइरहेको छ ।
६ दिनसम्म चल्ने सो प्रशिक्षण प्रप्त गरिसकेपछि नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृिद्ध गर्ने भारत पक्षले अपेक्षा गरेको छ । नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी