मेलम्चीको सम्बन्धमा खानेपानी मन्त्रालयद्वारा विज्ञ सल्लाहकार समूह गठन
काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ ।
खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो ।
पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु बीरेन्द्र बहादुर देउजा, हरेराम कोइराला, सुमन प्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहनु भएको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।
प्रवक्ता शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुतगतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ ।
मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके