शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एशियन पेन्टस्ले घोषणा गर्यो ‘आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१८–१९’का विजेताहरु

सोमबार, ०२ भदौ २०७६, १७ : ५९
सोमबार, ०२ भदौ २०७६

काठमाडौं– एशियन पेन्टस्ले आयोजना गरेको ‘आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१८–१९’ का  विजेताहरुको घोषणा गरेको छ ।

दि कलीस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट डिजाइन प्रतियोगिता २०१८–२०१९ को आरम्भ गत वर्ष २०७५ साल पुष २३ गते गरिएको थियो । जसमा नेपालका सबै आर्किटेक्चरल कलेजको २०७१ समुहका ३० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

सहभागि माध्येबाट ख्वपा इन्जिनियरीङ कलेजका श्रीजन मुश्याजुले प्रथप पुरस्कार जितेका छन् । त्यसैगरी, द्वितीय पुरस्कार आई ओ ई पुल्चोक क्याम्पसका आस्था श्रेष्ठले जितिन् । तृतीय पुरस्कार ख्वपा इन्जिनियरीङ कलेजका हिना श्रेष्ठले जितिन भने सान्त्वना पुरस्कार विजेता बनिन् काठ्माडौं इन्जिनियरीङ कलेजका श्रेया सिंह । र सान्त्वना पुरस्कार अर्का एक काठमाडौं इन्जिनियरीङ कलेजका आयुष श्रेष्ठले जिते ।

प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगीहरुलाई प्रोजेक्ट अन्तर्गत बल्खु, किर्तिपुर स्थित मेकानिकल विभाग, थापाथली क्याम्पसको लागि एकेडेमिक अनुसन्धान केन्द्र डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो । 

यसपछि १७ जनाको डिजाइनलाई मनोनयन गरी उनीहरुलाई आफ्नो परिकल्पना र धारणाहरु आर्क समाजका प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्चर  विनोद न्यौपाने, आर्किटेक्चर चन्द्रलेखा कायस्थ, आर्किटेक्चर अभिषेक मानन्द बज्राचार्य, आर्किटेक्चर सरिता मास्के, र आर्किटेक्चर सञ्जय प्रधान रहनु भएको निर्णायक मण्डल समक्ष प्रस्तुत गर्ने अवसर दिइएको थियो ।

प्रस्तुत १७ वटा परिकल्पनाहरु मध्ये निर्णायक मण्डलले छनौट गरेको उत्कृष्ट ५ जना विजेताहरुको घोषणा यही भदौ १ गते म्यारियट होटल नक्सालमा आयोजित एक समारोहमा गरिएको थियो । डिजाइन प्रतियोगिता विजेता घोषणा समारोहमा त्रिभुवन विश्वविद्यालयका उप–कुलपति प्रा.डा. तिर्थराज खनिया उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप