१२ वटा सुनगोहोरोसहित एकजना पक्राउ
सोमबार, ०२ भदौ २०७६, १७ : २४
मोरङ । जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुन गोहोरोसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिए ।
यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ११५ स्थानीय जातका कुखुरा बरामद गरी प्रहरीले आज नष्ट गरेको छ । सो कुखुरा रु ६१ हजार मूल्य बराबरको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई