पूर्वपश्चिम राजमार्ग ढ्वाहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सोमबार, ०२ भदौ २०७६, १६ : १३

बुटवल– पूर्वपश्चिम राजमार्गको बुटवल उपमहानगरपालिका वडा नम्बर १२, ढवाहामा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो भएको लु ३२ प ५००१ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक गुल्मी गुर्जुधाराका २६ वर्षीय सुवास पछाईको मृत्यु भएको हो ।
लु २ च ३२६ नम्बरको मालसामान बोक्ने (छोटा हात्ती) को ठक्करबाट मोटरसाइकल दुर्घटनामा परेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।