केन्द्रीय संस्करण

‘सत्य सत्य’ मा आर्यनसँग बोल्ड प्रियङ्का

person explore access_timeभदौ २, २०७६ chat_bubble_outline0

काठमाडौं– पछिल्लो समय फिल्म प्रदर्शनमा आएपछि पनि केही गीत संगीत सार्वजनिक गर्ने ट्रेन चलेको  छ। यसले फिल्म प्रदर्शनको समय दर्शकमा कौतुहल्ता बढाउदै प्रचारमा पनि बल पुर्याउने फिल्मकर्मीको बुझाई रहेको छ । 

सायद त्यसैले पनि होला गत बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ निर्माण युनिटले पनि अहिले एक नयाँ गीत सार्वजनिक गरेको छ । ‘सत्य सत्य’ बोल रहेको गीत प्रेमरसले भरिएको छ । 
गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतमा प्रियंकाको बोल्ड अन्दाज समेत देख्न सकिन्छ । 

प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले कोरेका हुन् ।  कथाको सस्बेन्स खुल्ने डरले गीत रिलिज अगाडि सार्वजनिक नगरिएको फिल्मका निर्देशक विकाशराज आचार्यले बताए । हुन त फिल्मको प्रचारमा पनि प्रियंका काहीँ कतै देखिएकी थिइनन् ।

सायद त्यसैले फिल्ममा आर्यनको जोडी स्वस्तिमा खड्का हुन् भनेर धेरैले आड्कल काटेका थिए । दर्शकलाई प्रियंकाको पाटो सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गर्न फिल्म प्रचारमा प्रियंका लुकाइएको निर्देशक आचार्यको भनाई रहेको छ । 

फिल्ममा अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरि पौडेललगायतको समेत अभिनय छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...