काँग्रेस शीर्ष नेताहरु पाँच नम्बर प्रदेशमा, सरकारप्रति आक्रामक
बुटवल । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रदेश नम्बर ५ को भैरहवामा आएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमा सहभागी हुन शीर्ष नेताहरु यहाँ आएका हुन् ।
कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले सरकार गैरजिम्मेवार बन्दै गएको भन्दै पार्टी कुनै पनि बेला सडक आन्दोलनमा होमिने बताए ।
सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको पनि दाबी गरे ।
सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । प्रजातन्त्र विरुद्ध लाग्ने कसैलाई पनि छोड्न नसकिने समेत देउवाले बताए ।
उनले प्रजातन्त्रको खिलाप र यसलाई सिध्याउन लाग्ने कुनै शक्तिलाई कांग्रेसले नछाड्ने बताए । देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको गरेको स्मरण गर्दै ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिए ।
देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारवाही गरिने पनि बताए ।
यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । उनले कांग्रेसको सिद्धान्त सधै विजयी भएको दावी गर्दै नेकपा कारण जनताले दुःख पाएको बताए ।
पौडेलले नेकपालाई जनताले दुईतिहाई बहुमत दिएर पठाएको तर सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको उनले बताए ।
पार्टीका उपभापति विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको आरोप लगाए । उनले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।
पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए । उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए ।
यसैगरी कार्याक्रममा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टी एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताइन् । प्रशिक्षणमा पाँच नम्बर प्रदेशबाट केन्द्रीय सदस्य बनेका सवै नेताहरुका साथै करीब ५ सय महाधिवशेन प्रतिनिधि सहभागि रहेका छन् ।
काँग्रेस नीति केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा मंगलबारसम्म चल्नेछ ।
सिद्धार्थनगर उद्योग बाणिज्य संघ र पार्टी कार्यालयमा ४ वटा समूह बनाएर पार्टीको नीति र रणनीतिका बिषयमा प्रशिक्षण दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
-
नेप्से १५.८३ अंकले बढ्यो
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर
-
विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण