युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्छ: प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकोले युरोपको आकाशमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन् कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यही शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताएका हुन् । नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमशः सुधार गर्दै गएको समेत बताए । नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए । नेपालको पर्यटन क्षेत्रको विकासको लागि कनेक्टिभिटी आवश्यक रहेको समेत बताए ।
आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको उनले बताए । साथै थप दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको समेत बताए ।
प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुदा विकासमा लगानीको लागि अनुकूल समय रहेको बताए । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे । आजबाट सुरु भएको सम्मेलन पाँच दिनसम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै
-
अर्थमन्त्रीपिच्छे थपिए नयाँ सहर, ८ अर्ब बजेट सकियो
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ