शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लक्का जवान’ को शुभमुहूर्त

सोमबार, ०२ भदौ २०७६, १४ : ०६
सोमबार, ०२ भदौ २०७६

काठमाडौं– हाँस्यकलाकार शिवहरि पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ को मुहूर्त गरिएको छ । सोमबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरेर शुभमुर्हुत गरिएको हो । 

मुर्हूतमा फिल्मका कलाकार तथा प्राबिधिकको सहभागिता रहेको थियो । बुधबारदेखि काभ्रेबाट छायाँकन सुरु हुने फिल्ममा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता, अनसुया श्रेष्ठ वन्त निर्माता र राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सहनिर्माताको रुपमा रहेका छन् । 

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिने बताइएको फिल्मको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् ।  निर्देशक पौडेलसहित फिल्ममा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मका गीतमा बाबुल गिरीले संगीत भरेका छन् । मित्र डि. गुरुङले सम्पादन रहने फिल्मका छायाँकार पुरुषोत प्रधान हुन् । फिल्म चैत ७ गतेबाट प्रदर्शनमा आउने कार्यक्रममा जानकारी दिइयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप