पुडासैनी आत्महत्या प्रकरण : पाँच मिटर डोरी किनेको पसल भेटियो
सोमबार, ०२ भदौ २०७६, १४ : ००
३
काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।
चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ ।
होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।
पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
यातायात सेवा कार्यालय विस्तार गर्ने विषयमा बागमतीका मुख्यमन्त्री र यातायातमन्त्रीबिच मतभेद
-
प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ : पूर्वगभर्नर नेपाल
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण