बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गत वर्षको नाफाबाट कुन बैंकले कति लाभांश दिन सक्छन् ?

कुन बैंकको कति छ लाभांश दिने क्षमता ?
सोमबार, ०२ भदौ २०७६, १३ : ५७
सोमबार, ०२ भदौ २०७६

काठमाडौं–गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सबैभन्दा बढी लाभांश सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले दिन सक्ने देखिएको छ । 

बैंकको प्रतिवेदनमा ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ वितरण गर्न सक्ने नाफा रहेको देखाएइको छ । यो बैंकले ५ अर्ब भन्दा बढी खुद नाफा गरेको थियो । 

यस्तै नेपाल सरकारकै स्वामित्व रहेको अर्को बैंक नेपाल बैंकको पनि सेयरधनीलाई लाभांश दिने क्षमता अन्य बैंकको भन्दा बढी देखिएको छ । उसको विवरणलाई आधार मान्दा नेपाल बैंकसँग ३ अर्ब ४५ करोड रुपैयाँ लाभांश बाँड्न सक्ने क्षमता छ ।

तेस्रोमा बढी लाभांश दिने क्षमता कृषि विकास बैंकसँग देखिएको छ । कृषि विकास बैंकसँग गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई  ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ लाभांश दिने क्षमता छ ।

प्राइभेट बैंकमा सबैभन्दा बढी लाभांश दिने क्षमता नबिलको 
बाणिज्य बैंकहरुमा सबैभन्दा बढी लाभांश दिने क्षमता सरकारी स्वामित्वका बैंकहरुको देखिएपनि निजीस्तरको बैंकमा भने सबैभन्दा बढी लाभांश दिने क्षमता नबिल बैंकसँग छ । नबिल बैंकले गतवर्षको नाफाबाट ३ अर्ब ४६ करोड १८ लाख रुपैयाँ आफ्ना सेयरधनीलाई वितरण गर्न सक्ने देखिएको छ ।

 दोस्रोमा ग्लोबल आइएमइ बैंक देखिएको छ । उसले गत वर्षको नाफाबाट २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ वित्तरण गर्न सक्नेछ । 

यस्तै २ अर्ब भन्दा बढी लाभांश दिन सक्ने क्षमता भएका बैंकहरु हिमालयन बैंक, एनआइसी एसिया र एभरेष्ट बैंक रहेका छन् । 

सिभिल र सेन्चुरीको सबैभन्दा कम लाभांश दिने क्षमता
सिभिल बैंक र सेञ्चुरी कर्मसियल बैंकको सबैभन्दा कम लाभांश दिने क्षमता रहेको उनीहरुको प्रतिवेदनले देखाउँछ  । सेञ्चुरीको ५३ करोड ५१ लाख रुपैयाँ लाभांश दिने क्षमता छ भने सिभिलको ५५ करोड ६९ लाख रुपैयाँ लाभांश दिने क्षमता छ । 

बैंकहरुको लाभांश दिने निर्णय सम्बन्धित बैंकको सञ्चालक समितिको बैंठकले गर्नेछ । सो लाभांश प्रस्ताव राष्ट्र बैंकको र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गर्न सकिनेछ । बैंकले खुद नाफा, रिजर्भ लगायत शीर्षकमा छुट्याएर बाँकी रहेको रकम मात्र लाभांशको रुपमा वितरण गर्नेछ । 

हेरौँ कुन बैंकको कति छ लाभांश दिने क्षमता ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप