भारतको महाराष्ट्रमा गुडरहेको बस ट्रकसँग ठोक्कियो, १३ जनाको मृत्यु
सोमबार, ०२ भदौ २०७६, १३ : ३५

एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।
स्थानीय समयानुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।
दुबै सवारी साधनको अगाडीको भाग नै ठोक्किएको हुनाले दुबै चालकको दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ । –सिन्ह्वा/ANI Photo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा
-
पलेँटी साँझमा एकल सुनिइन् संगीता प्रधान
-
निर्माण व्यवसायीसँग भएका सम्झौता आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष सिंह
-
भारतीय नागरिकलाई पाँच वर्षपछि कैलास यात्रा खुला
-
नवलपरासीको हुलाकी सडक निर्माण ठेक्काको म्याद सम्पन्न, काम अझै ६० प्रतिशत बाँकी
-
हेटौँडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ