शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुवाको हत्या गरी शव टुक्रा पारेर भरेका थिए ६–७ बाल्टी, दुर्गन्ध फैलिएपछि खुल्यो पोल

सोमबार, ०२ भदौ २०७६, १३ : १०
सोमबार, ०२ भदौ २०७६

भारतको हैदराबादको मलकाजगिरी इलाकाको कृष्णानहर कोलोनीमा एक व्यक्तिले आफ्नो बुवाको हत्या गरेका छन् ।

रेल विभागबाट अवकाश पाइसकेको ८० वर्षका कृष्ण सुधिर मूर्तीको शुक्रबार उनकै आफ्ना छोराले निर्ममतापूर्वक हत्या गरेका थिए र शवलाई टुक्रा–टुक्रा पारेर प्लास्टिकको बाल्टीमा भरेका थिए । घरबाट दुर्गन्ध फैलिएपछि छिमेकीले पुलिसलाई जानकारी दिएपछि घटनाबारे पर्दाफास भएको हो ।

त्यसपछि जब आइतबार यसबारे खुलासा भयो तब मानिसहरुको होस् उड्यो । अचम्मको कुरा के छ भने यो निर्मम हत्यामा छोरालाई आमा र बहिनीले पनि साथ दिए ।

पुलिसले आरोपी मुरली, मृतककी श्रीमती गया छोरी प्रफ्फुललाई पक्राउ गरेको छ । जब पुलिसले सोधपुछ गरे तब सुधिर मूर्तीको हत्याको अपराध स्विकार गरे । उनीहरुका अनुसार सुधिर मूर्ती रक्सी पिएर उनीहरुलाई तनाव दिने गर्दथे । उनीहरुका अनुसार जब उनीहरुको धैर्यताको बाँध टुट्यो तब उनीहरुले तरकारी काट्ने चक्कुले सुरुमा उनको हत्या गरे र त्यसपछि शवलाई टुक्राटुक्रा पारे ।

 एसीपी जी सन्दिपले घटनास्थलबारे जानकारी दिँदै भने, ‘शवको टुक्रा ६–७ वटा बाल्टीमा राखिएको थियो । घरमा दुई महिला थिए जो मृतककी श्रीमती र छोरी हन् । महिलाले उनको छोराले सुधिरको हत्या गरेको र त्यही चक्कलुले शवलाई टुक्रा–टुक्रा पारेको बताइन् ।’

त्यसपछि उनीहरुले शवको टुक्रालाई बाल्टीमा हालेर त्यहाँबाट भागे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप