शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भुल भुलैयाको फर्स्ट लुक जारी, अक्षयको फ्रेन्चाइजीलाई अब कार्तिकले सम्हाल्ने

सोमबार, ०२ भदौ २०७६, ११ : ५०
सोमबार, ०२ भदौ २०७६

सन् २००७ मा रिलिज भएको चर्चित कमेडी एवं साइकोलोजिकल थ्रिलर फिल्म भुल भुलैयाको कहानी अगाडि बढाउन कार्तिन आर्यन बोर्डमा आएका छन् । यसको पहिलो लुक भूषण कुमार र मुराद खेतानीले निर्देशक अनिस बज्मी र कार्तिकसँग जारी गरेका छन् ।

फिल्मका लागि कार्तिकको अपोजिटमा सारा अली खानलाई कास्ट गरिने चर्चा छ । फिल्मका निर्माताले अन्य भूमिकालाई कास्टिङ गरेर चाँडै नै यसबारे घोषणा गर्नेछन् ।

फिल्मबारे कार्तिक आर्यन भन्छन्, ‘तेस्रो पटक भूषणसँग काम गर्न निकै उत्साहित छु । भुल भुलैया हामीलाई निकै मनपरेको कमेडी–थ्रिलर फिल्ममध्ये एक हो । यो फ्रेन्चाइजीलाई अगाडि लैजानु मेरो एउटा ठूलो जिम्मेवारी हो ।’

भूषण कुमारले फिल्मको विषयमा भने, ‘दर्शकलाई भुल भुलैयाको दोस्रो संस्करणको प्रतिक्षा त थियो नै । साथै म पनि यसलाई लामो समयदेखि प्रतिक्षा गरिरहेको थिएँ । यद्यपि, हामी सही स्क्रिप्ट बनाउन चाहन्थ्यौं र धेरै वर्षको प्रतिक्षापछि अहिले यो पाएको छु । ’

निर्देशक अनिस बज्मीले भने, ‘पछिल्लो केही वर्षमा मैले भूषण र मुरादसँग विभिन्न प्रोजेक्टमा काम गरेको छु र र अब म उनीहरुसँग फिल्ममा काम गर्दैछु । कार्तिकसँग काम गर्नका लागि म उत्साहित छु । उनी निकै प्रतिभाशाली नायक हुन् र फिल्ममा उनको भूमिका निकै दमदार छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप