२१ सय रुपैयाँमा भव्य विवाह !
बुटवल– यही भदौ २८ देखि असोज १७ गतेसम्म रुरु क्षेत्रमा‘ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लीलामय श्रमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ– २०७६’ आयोजना हुने भएको छ ।
महायज्ञमा मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
‘विश्वविख्यात श्रीमद्भागवत कथा वाचक’ बालयोगेश्वर महाराज तथा प्रमुख वाचकले यस्तो महायज्ञ देशमै पहिलो हुने दाबी गरेका छन् । ‘जम्मा २१ सय रुपैयाँ भेटी दिएर हजारौँ भक्तजनलाई जन्ती बनाउँदै बाजागाजासहित भब्य विवाह सम्पन्न गरिन्छ र आवश्यक परे बेहुलाबेहुलीलाई गाडीमा राखेर घरसम्मै लैजाने व्यवस्था मिलाइनेछ’ महाराज बालयोगेश्वरले भने ।
यस्तो ऐतिहासिक विवाह र महायज्ञ आफूले कहिल्यै नदेखेको मूल आयोजक समितिका संयोजक गुरुप्रसाद ज्ञवालीले बताए ।
महायज्ञको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रमुख संरक्षक र प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वराल वरिष्ठ संयोजक रहेका छन् ।
स्याङ्गजा, पाल्पा र गुल्मीको संगमस्थल रहेको रिडी क्षेत्र कालीगण्डकीको तटमा पर्छ । महायज्ञमा पितृमोक्ष अर्थात आफ्ना परिवारका मृतकहरुको श्रद्धा समेत गरिनेछ ।
त्यसका अलवामा सामूहिक रुपमै व्रतबन्ध, कन्यापुजन, तुलादान, र लाखबत्ती अर्थात तुलादान लगायत कर्मकाण्ड गरिनेछ ।
२१ दिनसम्म २१ करोड दीपप्रज्वलन गरिने र २१ सय रुपैयाँमा विवाह, व्रतबन्धसमेत गरिने महायज्ञमा दान गर्न चाहने ब्यक्ति वा संस्थाले स्वेच्छिक रुपमा दान गर्न सक्नेछन् भने संकलन भएको रकमले रुरु क्षेत्रको विकास निर्माणमा खर्च गरिने छ ।
महायज्ञबाट सङ्कलन भएको रकमले देशमै ठूलो शङ्ख र घण्टा निमार्ण गरिने, गौशला निर्माण गरिने, सार्वजानिक शौचालय, भक्तजन बस्ने प्रतिक्षालय निर्माण गरिने प्रमुख वाचकले जानकारी दिए । त्यस्तै रुरु क्षेत्रलाई विश्वभरका हिन्दु धर्मलम्वीहरुलाई चिनाउन उनीहरुको प्रमुख धार्मिक गन्तव्यस्थल बनाउन सकिने सरोकारवालाहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबारदेखि मौसममा सुधार आउने
-
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै, सभामुख घिमिरेले दिए शुभकामना
-
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
-
सहकारी समस्या समाधान गर्न कार्ययोजना बनाउन मन्त्री बज्राचार्यको निर्देशन
-
सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त