त्रिभुवन विश्वविद्यालयको दुर्गतिः कारण के ? जिम्मेवार को ?

नेपालको शैक्षिक उन्नयनमा विशिष्ट स्थान राख्ने, एशियाका प्रसिद्ध ३०० वटा विश्वविद्यालयहरुको सूचीमा पर्न सफल तथा नेपालकै जेठामध्येका एक शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र यसका सुधारका पक्षहरुबारेमा यतिखेर आमचासो र विभिन्न खालका टिकाटिप्पणीहरु पछिल्लो चरणमा व्यापक रुपमा हुने गरेका छन् । दलीय राजनीतिको विषाक्त प्रभाव र हस्तक्षेपको कारण यतिखेर त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वरुप ध्वस्त भएको, यो चरम राजनीतिक भागवण्डाको शिकार बनेको कुरा व्यापक चर्चामा आउन गरेको छ ।
वास्तवमै, स्थिति त्यस्तै हो त ? त्रिभुवन विश्वविद्यालयले यतिखेर पक्रेको दिशा अनि त्यसको वर्तमान दशा के हो त? खासगरी, यतिखेर त्रिभुवन विश्वविद्यालयले भोगिरहेका समस्याहरु के हुन् ? तिनका जड कारणहरु के हुन् र त्रिभुवन विश्वविद्यालयलाई साँच्चिकै अब्बल शैक्षिक संस्थानको रुपमा स्थापित गर्नको लागि के के गर्नु जरुरी छ ? यिनै सवालहरुमा केन्द्रीत रहेर रातोपाटीले एउटा अन्तक्र्रियाको आयोजना गरेको छ
उक्त अन्तक्र्रियामा हामीले अतिथिका रुपमा प्राडा टंकनाथ धमला, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक समेत रहनुभएका प्राडा रमेश भट्टराई र त्रिवि प्राध्यापक संघका नवनिर्वाचित सभापति समेत रहनुभएका प्राडा बसन्त ढकाललाई आमन्त्रित गरेका थियौं । रातोपाटीका तर्फबाट अन्तक्र्रियामा चन्द्र खाकी, मदन ढुंगाना, विधान श्रेष्ठ, फणिन्द्र नेपाल र कृष्ण खड्का सहभागी हुनुहुन्थ्यो ।
अन्तक्र्रियामा उहाँहरुले व्यक्त गनुभएका विचारहरुको भिडियो प्रस्तुत छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि अर्थशास्त्र विभागमा बहस – सरकारले ल्याएको बजेट कस्तो ?
-
आफू सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार
-
एकता महाधिवेशनबाट निर्वाचित कमिटीलाई बद्री केसी समूहले गरायो सचेत
-
ऐतिहासिक कांस्य पदक जितेकी एरिका सम्मानित
-
नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड
-
सुदूरपश्चिममा तीन जनामा कोरोना पुष्टि