दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा

दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्।
जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद्धको आरोप छ। उनी सोही नगरपालिका–१ का बासिन्दा हुन्।
जिसस खोटाङले असार १८ गते आयोजना गरेको सहभोजमा टंकप्रसाद आचार्यले दलित बालबालिकाले दिएको दही खाँदै मानव मानवमा छुवाछुत गर्नु नहुने भन्दै सबैमा सचेतना जगाउनु पर्ने उद्घोष गरेका थिए।
जिसस सभापति बबी चाम्लिङ र खोटाङका सीडीओ विष्णुहरि उपाध्यायसँगै दही खाएर छुवाछुतविरुद्ध अभियानमा लागेका टंकप्रसाद अहिले दाजुभाइबाटै बहिष्कारमा परेपछि विस्थापित भएका छन्।
आइतबार धरान आएका उनले सरकारले छुवाछुत अन्त्य गरेको हो भने समाजमा कार्यान्वयन गर्न र आफूलाई बहिष्कार गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्।
उनले छुवाछुतविरुद्ध अभियानमा आफूले दलित समुदायका बालिकाबाट दही खाएर केही पनि नबिराएको भन्दै छरछिमेकमा रहेका आफ्नै दाजुभाइ र भाइभतिजाले अपहेलना गरी तैंले गल्ती गरिस्, अब तँलाई देवाली पनि गर्न दिँदैनौं भन्दै छरछिमेकमा भएका धार्मिक कार्यमा प्रवेश नगराउने भन्दै मानसिक यातना दिएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय