केन्द्रीय संस्करण

काश्मिरबारे विशेष व्यवस्था खारेजीपछि चार हजार जना पक्राउ

person explore access_timeभदौ १, २०७६ chat_bubble_outline0

एजेन्सी -दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्  । 

काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत छानविनका लागि हिरासतमा लिइएको छ ।” उक्त ऐनले कुनै पनि व्यक्तिलाई अभियोग वा सुनुवाई विना नै दुईबर्षसम्म् थुनामा राख्ने व्यवस्था छ । यद्यपि उक्त कानूनलाई भारत मै पनि विवादास्पद मानिन्छ ।

“पक्राउ परेका अधिकांशलाई काश्मिरमा राख्ने व्यवस्था नहुँदा हवाई मार्ग हुँदै मुलुकका विभिन्न स्थानमा रहेका हिरासतमा राखिएको छ, ” उनले भने ।  उनले काश्मिरमा टेलिफोनलगायत अन्य सञ्चारमाध्यम अवरूद्ध भएका समय आफूले यो तथ्याङ्क सङ्कलन र अद्यावधिक गर्नका लागि आफूलाई उपलब्ध गराइएको सेटेलाइट फोनमार्फत साथीहरूको सहयोग लिएका पनि बताए ।”-एएफपी/photo-EPA

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.