शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा निमेशले जिते तेस्रो स्वर्ण

आइतबार, ०१ भदौ २०७६, २२ : ०८
आइतबार, ०१ भदौ २०७६

काठमाडौं-चीनको छेन्दुमा जारी विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन् । प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए ।

निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् । उनले चीन र भारतका खेलाडीलाई पछि पारेका थिए । दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर काँस्य  पदक हात पारे ।  सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश नेपाली पासपोर्ट बोक्छन् । त्यसैले पदक तालिकामा उनको परिचय नेपाली उल्लेख गरिएको छ । उनले यसअघि आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री र हाफ म्याराथनमा स्वर्ण जितेका थिए ।

संखुवासभामा जन्मिएका निमेश सिंगापुरमा नाम चलेका धावकमा पर्छन् । पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको गर्छ । सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप