शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन क्षेत्रको सकारात्मक प्रचार गर्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

आइतबार, ०१ भदौ २०७६, १९ : ५०
आइतबार, ०१ भदौ २०७६

काठमाडौं । नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई बधाई ज्ञापन गरेको छ ।

विजेताहरुलाई नाट्टाका अध्यक्ष सि.एन.पाण्डे, सचिव सविता के.सी. भट्ट्राई र सदस्यहरु गीता ढकाल र देवकि गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले मिस टुिरजमका विजेताहरुले पर्यटन क्षेत्रका सकारात्मक विषयवस्तुहरुलाई आम युवाहरुसम्म पु¥याउन पहल गर्नुपर्ने बताए । 

‘युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्न र यहाँभित्रका सकारात्मक विषयहरुलाई समाजका विभिन्न क्षेत्रमा पु¥याउन मिस टुरिजमका विजेताहरुले भुमिका खेल्नुपर्छ,’ अध्यक्ष पाण्डेले भने । 

त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल पार्न युवाहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन पनि मिस टुरिजमका विजेताहरुले सहयोग गर्नुपर्ने उनले वताए ।

कार्यक्रममा बोल्दै मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने र पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता

वृद्धि गर्ने उद्देश्यले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गरिएको वताए । उनले नाट्टाको सम्मानले विजेताहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ वढि क्रियाशिल बनाउन सहयोग गर्ने वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप