शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वराजदूत हत्या प्रकरण : सुरक्षागार्ड कान्छा तामाङ फेरि पक्राउ

आइतबार, ०१ भदौ २०७६, १९ : १३
आइतबार, ०१ भदौ २०७६

काठमाडौं । पूर्वराजदुत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो । 

महानगरीय अपराध अनुसन्धान मशाहाखाका एसएसपी सहकुल थापाले कान्छा तामाङ शनिबार काभ्रे पनौतीको खोपासीबाट पक्राउ परेको पुष्टि गरे । 

झाको हत्या प्रकरणमा तामाङ यसअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए । 

पूर्वराजदूत झाको श्रीमतीले तामाङविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप