एनआईसी एशिया बैंककोे काउण्टर कञ्चनपुर भन्सारमा
काठमाडौं– एन आई सी एशिया बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भाद्र १ गतेबाट सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले गरे ।
नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा