वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा
काठमाडौं– वाई वाई ग्लोकल टिन हिरो २०१९ का अन्तिम ६ प्रतिस्पर्धी छानिएका छन् । देशभरबाट आएका किशोर किशोरीहरुको प्रतिक्रियापश्यात वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभरबाट ५८९ आवेदन परेको थियो ।
आवेदकहरुले विभिन्न विधा जस्तै सामाजिक कार्य देखि पत्रकारिता, रोबोटिक्स देखि कम्प्युटर प्रोग्रामिङ, उद्यमशिलता देखि सामाजिक विकासका लागि आफ्नो सिप र विशेष येग्यतालाई प्रस्तुत गर्दै समाजमा राम्रो प्रभाब पार्ने काम गरेका छन् ।
छनौटमा परेका प्रतिस्पर्धीहरुमा विधी मण्डल जनकपुर, विक्रम पराजुली पोखरा, लभ पन्थी रुपन्देही, राछिन कलाखेती मकवानपुर, समिर फूयाल मोरङ र सुप्रिया महर्जन काठमाडौं रहेका छन् ।
यस कार्यक्रमले किशोर किशोरीहरुमा भएको रचनात्मक सोच, उत्साहलाई प्रस्फुटन गर्न प्रोत्साहित गर्दै उनीहरुमा भएको उद्यमी सोचलाई विकास गर्न मद्दत गर्नेछ । यो वर्ष पनि वाई वाई ग्लोकल टिन हिरोको अवार्ड कार्यक्रम सेप्टेम्बर १ मा नेपालका दिग्गजहरुको उपस्थितिमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने