विद्युत प्राधिकरणले बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।
उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताए । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उनले जानकारी दिए । त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको महंगी भत्ता रोकेको थियो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गरे ।
प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ । उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा उनले नै सम्बोधन गरेको समयमा विद्युत् आपुर्तिमा अवरोध भएको थियो । मन्त्रीको सम्बोधनको क्रममा दुई पटक सम्म ठुलो आवाज आउँदै विद्युत अवरोध हुँदै गरेको थियो । उर्जामन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए ।
केही समयअघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपूर्तिमा अवरोध आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट
-
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद, कोषाध्यक्ष पनि पक्राउ
-
दुई दलीय संयन्त्रले गरेको बजेट पुनरावलोकनको निर्णय कोशीमा कार्यान्वयन नहुने
-
लागुपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्न कर्णालीमा पुनर्स्थापना केन्द्र सञ्चालन गरिने
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू