केन्द्रीय संस्करण

विद्युत प्राधिकरणले बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने

person explore access_timeभदौ १, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताए । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उनले जानकारी दिए । त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको महंगी भत्ता रोकेको थियो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गरे ।

प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ । उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा उनले नै सम्बोधन गरेको समयमा विद्युत् आपुर्तिमा अवरोध भएको थियो । मन्त्रीको सम्बोधनको क्रममा दुई पटक सम्म ठुलो आवाज आउँदै विद्युत अवरोध हुँदै गरेको थियो । उर्जामन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए  ।

केही समयअघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपूर्तिमा अवरोध आएको थियो । 

कमेन्ट

  1. Aug. 19, 2019, 10:02 a.m. jibachh
    नेपाल जलविधुतको १०० मा साधारण शेर किनेको त्यसको मुल्य ६६ रुपैया भएको छ नेपाल विधुत कम्पनीहरुले कसरी प्रगति गरिएको हो सर
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...