आगामी भाद्र १० गतेदेखि बृहत नाडा अटो शो, ७५ हजारले अवलोकन गर्ने

काठमाडौं– यस वर्षको वृहत अटो मेला नाडा अटो शोको मिति घोषणा भएको छ । आइतबार राजधानिमा पत्रकार सम्मेलन गर्दै नाडा अटोमोबाइल एशोसियसन अफ नेपालले ‘नाडा अटो शो २०१९’ को मिति घोषणा गरेको हो ।
प्रत्येक वर्ष नेपालीहरुको महान चाड वडा दशैं र तिहाारलाई लक्षित गर्दै आयोजना गरिँदै आएको नाडा अटो शो यस वर्ष पनि आयोजना गर्न लागिएको हो । यस वर्षको १४ औं संस्करणको नाडा अटो शो यहि भाद्र १० गतेदेखि १५ गते सम्म आयोजना हुने नाडाले जनाएको छ ।
काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिँदै आएको अटो शो यस वर्ष पनि सोही स्थानमा सञ्चालन गरिने र पहिलेभन्दा व्यवस्थित तरिकाले प्रदर्शन गरिने आयोजक नाडाले जनाएको छ । विगतका वर्षहरुमा प्रदर्शन हलमा मात्र सीमित हुने गरेको अटो शोलाई यस वर्ष विस्तार गर्दै कभर्ड हल हुँदै ठूलो चौर र बगैंचामा समेत विस्तार गरिएको नाडाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
यसवर्ष नाडा अटो मेलामा साना ठूला गरी १६० वटा स्टल र ब्लकहरु रहने समेत नाडाले जानकारी दिएको छ । जसअन्तरगत मेलामा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवाका स्टलहरु समेत रहने बताइएको छ ।
जसमा २३ वटा चार पाङ्ग्रे, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लुब्रिकेन्ट, ९ वटा टायर, ५ वटा ब्याट्री, १४ वटा पार्ट–पूर्जा एवं ग्यारेज उपकरण र १३ वटा बैंक तथा वित्तिय कम्पनीहरुको सहभागिता रहने छन् । ६ दिनसम्म चल्ने उक्त अटो शो मा ७५ हजार आगन्तुक तथा अवलोकनकर्ताले मेलाको अवलोक गर्ने नाडाले जनाएको छ । त्यसका लागि विगतका वर्षहरुमा जस्तै १५० र २०० मूल्यका दुई किसिमको टिकटको व्यवस्था गरिएको नाडाले जनाएको छ । १५० विद्यार्थीहरुका लागि र २०० रुपैयाँ सर्वसाधारणका लागि व्यवस्था गरिएको हो ।
यसवर्ष अवलोकन कर्ताहरुको सुविधालाई ध्यानमा राखेर प्रदर्शनी क्षेत्र र पार्किङ्ग क्षेत्रलाई समेत व्यवस्थित गरिएको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?