शालिकरामकी श्रीमतीले दिइन् रवि लामिछानेसहित तीनजनाविरुद्द काठमाडौंमा जाहेरी
आइतबार, ०१ भदौ २०७६, १६ : ४३

काठमाडौँं– नुवाकोटका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले सम्झनाले कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध जाहेरी दिएकी छिन् ।
सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविरूद्ध हदैसम्मको कारवाही माग्दै जाहेरी दिएकी हुन् ।
जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा दीपक मरिकको परिवारको उठीबास लगाउने घटनाले तात्यो प्रतिनिधिसभा
-
गृहजिल्लाबाट डाक्टर शेखर कोइरालामाथि उठेका प्रश्न
-
अन्तिम समयमा सेयर मूल्यमा हुनसक्ने चलखेल आजदेखि अन्त्य
-
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
-
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
-
५९ अधिकृत सरुवा हुँदा २१ जना गृह मन्त्रालयमा (सूची)