भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

थिम्पु– भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा.पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा.पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् ।
आइतबार नै रोयल युनिभर्सिटी भुटानमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक परम्पराले विशिष्ट स्थिति निर्माण गरेको र सम्बन्ध अझ प्रगाढ बनाएको चर्चा गरे ।
प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरु क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताए । त्यस समारोहमा विद्यार्थीहरुका साथै सांसदहरुको बाक्लो उपस्थिति थियो । उक्त सम्बोधनपछि प्रधानमन्त्री मोदीले चोर्तेनको भ्रमण गरी खद्दर अर्पण गर्नुका साथै दीप प्रज्ज्वलन गरेका थिए ।
मोदी भुटानको दुई दिने भ्रमणका सिलसिलामा शनिबार यहाँ आइपुगेका थिए । भ्रमणका क्रममा ७२० मेगावाटको मे¬ङदेछु जलविद्युत परियोजनाको शुभारम्भ गर्नुका साथै भारतीय अन्तरिक्ष विज्ञान संस्थान (इस्रो) को ग्राउन्ड अर्थ स्टेसनको उदघाटन गरेका थिए ।
प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा दुई देशबीच नौ वटा समझदारी पत्र र एउटा ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर भएका थिए ।
मोदी आइतबार स्वदेश फर्कर्नेछन् । –एएनआई/Photo: ANI
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?