शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी दुई दिने भ्रमणको लागि भूटानमा, विमानस्थलमै रातो कार्पेट ओछ्याएर स्वागत

आइतबार, ०१ भदौ २०७६, १५ : ०१
आइतबार, ०१ भदौ २०७६

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणको लागि भूटानमा छन् ।  भ्रमणको क्रममा शनिवार मोदी र उनका भूटानी समकक्षी लोटे छिरिङबीच विभिन्न विषयमा लमो कुराकानी भयो ।  त्यसक्रममा तिनले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप वृद्धि गर्ने कुराकानी भयो । साथै दुई नेताले दुई देशको सम्बन्धलाई नविकरण गर्नको लागि १० वटा सम्झौता पत्रमा हस्ताक्षर गरे । 

‘हामीबीचमा महत्वपूर्ण भेटघाट भयो । त्यसमा हामीले भारत र भूटानको सम्बन्धबारे छलफल गर्यौं । हाम्रो देशबीच आर्थिक र सास्कृतिक सम्बन्ध सुधार गर्ने ठूलो सम्भावना छ,’ मोदीले भने ।  दुई देशले अन्तरिक्ष अनुसन्धान, उड्डयन, प्रविधि , उर्जा र शिक्षासम्बन्धमा १० वटा एमओयूमा हस्ताक्षर गरे ।

शनिबार भूटान ओर्लदा मोदीको जहाज सम्मनै रातो कार्पेटले स्वागत गरिएको थियो । र मोदीलाई स्वागतको लागि भूटानी प्रधानमन्त्री स्वयम विमानस्थल गएका थिए ।  यो भ्रमण मोदीको दोस्रो भुटान भ्रमण हो भने प्रधानमन्त्रीको रुपमा पुनः निर्वाचित भएपछिको पहिलो भूटान भ्रमण हो । 

मोदीले भूटानमा रु–पे कार्ड सेवा पनि सुरुवात गरे । यो भारतीय विधुतीय भुक्तानी सेवा हो ।  मोदी भुटानको लागि उड्नुअघि शुक्रवार एउटा वक्तव्य जारी गरेर हिँडेका थिए । त्यसमा उनले हिमाली राष्ट्रको भ्रमणले उनको देशले भूटानलाई दिएको महत्वलाई प्रतिविम्बित गरेको लेखेका थिए । photo- THe Wire


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप