शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिब्राल्टरको कब्जाबाट छोडिएलगत्तै इरानी तेल ट्याकंरलाई कब्जा गर्न अमेरिकाद्वारा वारेन्ट जारी

आइतबार, ०१ भदौ २०७६, १२ : ५०
आइतबार, ०१ भदौ २०७६

एजेन्सी । अमेरिकाको कानुन विभागले जिब्राल्टरमा हिरासतमा लिइएको इरानी तेल ट्यांकरलाई पुनः कब्जामा लिन वारेन्ट जारी गरेको छ । 

हप्तौंसम्म जिब्राल्टरको नियन्त्रणमा रहेको इरानी तेल ट्यांकर एक दिन अघिमात्र जिब्राल्टरले छाडेको थियो ।  

तेल बोक्ने ग्रेस–१ सुपर ट्याकंरलाई जुलाई ४ मा हिरासतमा लिइएको थियो । २० लाख ब्यारेल तेल बोकेको ग्रेस–१ सिरिया जादैं गरेको आशंकामा जिब्राल्टरले कब्जामा लिएको थियो ।   

बिहीबार अमेरिकाले आफ्नो देशको कानुनी कारणले तेल ट्यांकरलाई जफत गर्ने अपिल गरेको थियो । उक्त अपिललाई जिब्राल्टरले खारेज गरिदिएको थियो । 

इरानले सुरुदेखि नै ग्रेस–१ नियन्त्रण लिने कार्यलाई ‘गैर–कानुनी नियन्त्रण’ बताउदैं आएको छ । 

ग्रेस–१ कब्जामा लिएको दुई हप्तापछि जुलाई १९ को दिन हर्मूज खाडिमा ब्रिटेनको झण्डायुक्त तेल ट्यांकर ‘स्टेना इम्पेरो’लाई ब्रिटेनले नियन्त्रणमा लिएको थियो ।  

त्यस समय जहाजले ‘अन्तराष्ट्रिय समुन्द्र कानून’लाई उल्लघंन गरेको इरानले दावी गरेको थियो । तर धेरैले इरानको कारबाहीलाई ब्रिटेनसँग ‘बदला’ लिएको रुपमा हेरेका थिए ।  

के भन्यो अमेरिकाले ?
शुक्रबार अमेरिकाको संघीय अदालतले तेल ट्यांकरविरुद्ध वारेन्ट जारी गर्दै त्यसलाई जफत गर्न आदेश दियो । 

आदेशमा इरानी कम्पनी प्याराडाइज ग्लोबल ट्रेण्डिङ कम्पनी एलएलसीको अमेरिकी बैंकमा रहेको ९.९८ लाख अमेरिकी डलर रकम पनि जफत गर्ने आदेश दिइएको छ । 

कानून विभागका अनुसार जहाज र त्यस संलग्न कम्पनी अन्तराष्ट्रिय आपतकालिन आर्थिक शक्ति अधिनियम, बैंक जालसाजी, कालो धन सेतो बनाउने र आतंकवादलाई आर्थिक सहयोग गर्नेजस्तो गतिविधिमा संलग्न छ । 

जिब्राल्टरले किन छाड्यो इरानी ट्यांकर ?
जिब्राल्टर सरकारका अनुसार इरानले ग्रेस–१ युरोपेली प्रतिबन्ध भएको देशमा नजाने प्रतिवद्धता गरेकाले छाडिएको बताएको छ । ती देशको सूचीमा सिरिया पनि छ । 

ब्रिटिस शासित जिब्राल्टरका मुख्य मन्त्री फेबियन पिकार्डोले यसबारे बोल्दै भने ,‘हामीले सिरियाको असद शासनलाई १४ अर्ब अमेरिकी डलर बराबरको कच्चा तेलबाट बन्चित गरिदिएका छौं ।’

ट्याकंर छाड्ने आदेशपछि पिकार्डोले बीबीसीसँग भनेका थिए, जहाज ‘आज भोलिमा’ जिब्राल्टर छाड्न सक्छ । तथापि, अमेरिकी वारेन्टमा न ब्रिटेन र न जिब्राल्टरले कुनै प्रतिक्रिया दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप