भ्रष्टाचार बढेको होइन, नियन्त्रण भइरहेको छः प्रधानमन्त्री
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार बढेको भन्ने भनाईमा सत्यता नभएको बताएका छन् । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभई नियन्त्रण भइरहेको बताएका हुन् ।
सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्दै उनले सम्पत्ति सुद्धीकरण, ह्युमन ट्राफिकिङ लगायत जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए । उनले विकास गर्न र त्यसका लागि स्रोत साधन उपलव्ध गराएको बताए । उनले सेवाग्राही मैत्री सेवा प्रवाहका लागि कोसिस भएको बताए ।
‘अख्तियारले भ्रष्टचार नियन्त्रणमा तदारुकता देखाएको छ । आयोगले इतिहासमै सवैभन्दा धेरै मुद्धा ३९ हजार दर्ता गरेको छ । भ्रष्टाचार बढेको होइन । नियन्त्रण भएको छ ।’
उनले सार्वजनिक सम्पत्तिमाथिको संरक्षण गर्न सरकारले पहल गरिरहेको पनि बताए । उनले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोग गठनका लागि आयुक्त र प्रमुख आयुक्त सिफारिस गर्न सिफारिस समिति निर्माण गरिएको बताए ।
‘त्यो सिफारिस समिति क्रियाशिल छ । मैले विश्वास लिएको छु यसै हप्ताभित्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन हुनेछन् ।’ सिफारिस आउनेवित्तिकै सरकारले गठन गर्ने र शिघ्र निरुपण गर्ने प्रधानमन्त्रीले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक : डा. मिश्र
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
-
हस्तकलामा ललितपुर महानगर : अब ‘मेड इन क्राफ्ट सिटी ललितपुर’ लोगो
-
अमेरिका–इजरायल सम्बन्धमा पटक–पटक देखिएका दरार, सहयोग भने यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण