प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
आइतबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीले संसदमा समसामयीक विषयलाई लिएर सम्बोधन गर्ने तयारी छ ।
त्यस्तै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि संसदलाई जानकारी गराउने छन् ।
प्रधानमन्त्री ओली गत सोमबार सिंगापुरमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधन गर्ने तय भएपनि प्रतिपक्षको अवरोधका कारण स्थगित भएको थियो ।
यसैबीच आइतबार बस्ने संसद बैठकमा विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?