जरिन खानको खुलासा, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ’ तर...

बलिउड फिल्म वीरबाट बलिउडमा डेब्यू गर्ने अभिनेत्री जरिन खानले बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् ।
जरिन खानले सलमान खानको फिल्म वीरमार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । । त्यसपछि उनले थुप्रै सुपरहिट फिल्म गरिन् । बम्बे टाइम्सले जब उनलाई सलमान खानसँग जोडिएको के हल्ला फैलाउन चाहन्छिन् भनेर प्रश्न गर्यो तब उनले यसको जवाफमा भनिन्, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ ।’
जरिन खानले उनी सलमान खानसँग हुकअप पनि गर्न चाहेको बताइन् । अन्तरवार्ताकै क्रममा जब उनलाई सलमान खान, करण सिंह ग्रोवर र गौतम रोडेमध्ये कसलाई विवाह गर्न चाहन्छिन्, कसलाई मार्न चाहन्छिन् र कोसँग हुकअप गर्न चाहन्छिन् भनेर सोधियो तब उनले भनिन्, ‘म कसैलाई पनि मार्न चाहन्नँ । विवाहमा विश्वास गर्दिनँ किनभने आजको समयको यो मजाक बनेको छ । हुकअपको कुरा गर्ने हो भने सलमान खानमात्रै अविवाहित छन् त्यसैले सलमानसँगै हुकअप गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
-
दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशको लोकतन्त्र सुदृढ हुँदैन : सांसद शर्मा