रियलको सुखद सुरुवात

१० खेलाडीमा समेटिएको रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ । रियलले शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा सेल्टा भिगोलाई ३–१ गोलले हरायो ।
सेल्टा भिगोको मैदानमा रियललाई जिताउन करिम बेन्जेमा, टोनी क्रुस र लुकास भाजक्वेजले गोल गरे । सेल्टाका इकर लोसादाले सान्त्वना गोल फर्काएका थिए । रियलले १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । बेन्जेमाले ग्यारेथ बेलको पासमा गोल गरेका थिए ।
रियाल दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । ५६औं मिनेटमा मिडफिल्डर लुका मोड्रिच सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । डेनिस सुआरेजलाई फल हानेपछि रेफ्रीले भिएआरको सहायतामा मोड्रिचलाई रातो कार्ड दिएका थिए । ६०औं मिनेटमा रियलका अल्भारो ओर्डिजोलाको हेड प्रहार क्रसबारमा लागेर फर्किएको थियो । ६१औं मिनेटमा टोनी क्रुसले सानदार गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । उनले मार्सेलोको पासमा करिव ४० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि ८०औं मिनेटमा वैकल्पिक खेलाडी लुकास भाजक्वेजले अर्को गोल गरे । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । भाजक्वेज ६९औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका गरेका थिए । खेलभर रियलको दबाब झेलेको सेल्टा भिगोले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । इकरले डिबक्स छेउबाट उत्कृष्ट गोल गर्दै रियलको गोलअन्तर कम बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म