शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोट्टनहामसँग बराबरीमा रोकियो सिटी

आइतबार, ०१ भदौ २०७६, ०८ : २२
आइतबार, ०१ भदौ २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको साविकको विजेता म्यानचेस्टर सिटी र टोट्टनहाम हस्टपरसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले टोट्टनहामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

सिटीले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो एग्युरो गोल गरे । टोट्टनहामका इरिक लमेला र लुकास मोउराले गोल गरे । सिटीले २०औं   मिनेटमा रहिमको गोलबाट अग्रता लिएको थियो ।  रहिमले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । त्यसपछि २३औं मिनेटमा टोट्टनहामका इरिक लमेलाले बराबरी गोल फर्काए । ३५औं मिनेटमा एग्युरोले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । टोट्टनहामले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काएको थियो ।

टोट्टनहामका लुकास मोउराले मैदान छिर्नासाथ एकल प्रयासमा गोल गरे । ५६औं मिनेटमा ह्यारी विङ्सको स्थानमा मैदान छिरेका मौउराले वान टचमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै लिगमा दुई खेल सकेको सिटी र टोट्टनहामले समान चार अंक बनाएका छन् । लिगको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप