शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्डको सानदार जित

आइतबार, ०१ भदौ २०७६, ०८ : १८
आइतबार, ०१ भदौ २०७६

साविकको उपविजेता बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा डर्टमन्डले पछि परेको स्थितिमा उत्कृष्ट पूनरागमन गर्दै अग्सवर्गलाई ५–१ गोलले हरायो । डर्टमन्डको जितमा पाको अल्कासेरले दुई, जाडोन सान्चो, मार्काे रिउस र जुलियन ब्रान्डले एक एक गोल गरे । अग्सवर्गका लागि फ्लोरियनले गोल गरेका थिए ।

पहिलो मिनेटमै अग्सवर्गका फ्लोरियनले खाता खोलेका थिए । डर्टमन्डले दुई मिनेट लगत्यै बराबरी गोल फर्कायो । तेस्रो मिनेटमा पाको अल्कासेरले बराबरी गोल गरे । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएपनि डर्टमन्डले दोस्रो हाफमा चार गोल थपेको थियो ।

५१औं मिनेटमा युवा खेलाडी जाडोन सान्चोले गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अग्रता दिलाए । ५७औं मिनेटमा मार्काे रिउसले तथा ५९औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डलाई ४–१ को अवस्थामा पुर्याए । ८२औं मिनेटमा वैकल्पिक खेलाडी जुलियनले गोल गर्दै डर्टमन्डलाई ५–१ को फराकिलो जित दिलाए । पहिलो जितसँगै डर्टमन्डले तीन अंक बनाएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप