शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहस्थलमा बम बिस्फोट, दर्जनौं मारिएको आशंका

आइतबार, ०१ भदौ २०७६, ०७ : ५२
आइतबार, ०१ भदौ २०७६

अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए ।

यो हमाल शहरको शिया बहुल इलाकामा भएको हो ।

प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको बताएका छन् ।

सोसल मिडियामा सार्वजनिक गरिएका विभिन्न तस्बिरमा घटनास्थलबाहिर महिला विलाप गरिरहेको देख्न सकिन्छ ।

अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

आत्मघाती हमलाः

हालैका दिनमा अफगानिस्तानमा थुप्रै ठूला आत्मघाती हमला भएका छन् ।

यो महिना काबुलको बाहिरी इलाकामा एक पुलिस चौकीलाई निशाना बनाएर गरिएको ट्रक बम हमलामा १४ जना मारिएका थिए । यसमा १५० बढी मानिस घाइते भएका थिए ।

उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।

 एकातर्फ जहाँ तालिबान र अमेरिकाबीच अफगानिस्तानमा युद्ध समाप्त गर्ने विषयमा वार्ता भइरहेको छ भने अर्कोतर्फ यस्ता ठूला हमला भइरहेको छ ।

रिपोर्टका अनुसार अमेरिका र तालिबान चाँडै नै शान्ति सम्झौताको घोषणा पनि गर्नसक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप