शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

आइतबार, ०१ भदौ २०७६, ०७ : २७
आइतबार, ०१ भदौ २०७६

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । 

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । 

आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा वर्षमा दुई हजार हराहारीमा पुगेको छ । यसभन्दा पनि अघिल्लो वर्षमा १ हजार ३५ को नयाँ आवेदनलाई श्रम स्वीकृति दिइएको थियो । 

यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप