राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?

प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलबभत्ता कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।
कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका आईजीपी र एआईजीको तलबसमेत बराबर छ ।
त्यस्तै नेपाल सरकारका सचिव र नेपाली सेनाका रथी (लेफ्टिनेन्टन जनरल) को हैसियत बराबर छ । अझ मर्यादाक्रमको वरीयतामा सचिवलाई आगाडि राखिएको छ । तलबमान भने रथीको भन्दा सचिवको धेरै कम छ । रथीभन्दा एक तह तलका उपरथी र सचिवको तलब बराबर छ ।
यस्तो छ तलबमानः
आईजीपी–६०,६८० । एआईजी–६०,६८०
रथी–६२,५४० । सचिव –६०, ६८०
स.रथी/डीआईजी–५१,००० । सहसचिव–४७,३८०
प्रमुख सेनानी/प्रहरी उपरिक्षक–४३,६४० । उपसचिव–४०, ३८० ।
सहसेनानी –३९,०५० । शाखा अधिकृत –३५,९९०
यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन