शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

आइतबार, ०१ भदौ २०७६, ०६ : ५४
आइतबार, ०१ भदौ २०७६

छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।

‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो । अब काम अघि बढेको छ ।’  नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ ।

केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप