बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ : माधव नेपाल

शनिबार, ३२ साउन २०७६, २२ : ३८
शनिबार, ३२ साउन २०७६

 कास्की-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा सम्पूर्ण जुटनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको पोखरामा आज उद्घाटन गर्दै उनले परिवर्तन विरोधीहरु सक्रिय भइरहँदा परिवर्तनकारी शक्तिहरु सचेत हुनुपर्नेमा जोड दिए ।     
     
राजनीतिक क्रान्ति पनि सफल भई मुलुक नयाँ चरणमा प्रवेश गरिसकेको वर्तमान अवस्थामा पुरानो व्यवस्था फर्कन नसक्ने बताउँदै उनले जनताको बलले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताए । जनतको मतबाट दुईतिहाइको सरकार निर्माण भएको उल्लेख गर्दै उनले देश बनाउने जिम्मा नेकपाको काँधमा आएको बताए । “विरोधीले कम्युनिष्ट र लोकतन्त्रलाई नै असफल बनाउने प्रयासमा छन्, त्यसैले नेकपाले जनताको भावनाअनुसार अगाडि बढ्नुको विकल्प छैन, सत्तामा पुग्ने व्यक्तिले जनताका समस्या र आलोचना सुन्न सक्नु पर्दछ”, भने ।     
     
कास्की निर्वाचन क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले गरेको निर्णयअनुसार जिताउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “चुनाव रिस पोख्ने बेला होइन, पार्टीमा अन्य समयमा रिस पोख्न सकिन्छ ।” आर्थिक समृद्धिका लागि सडक पूर्वाधार आवश्यक भएको बताउँदै उहाँले नेपालको बजेट सबैभन्दा बढी सडकमा नै खर्च हुने गरेको र यातायात मजदुरले सवारी सञ्चालन गर्दा संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याए ।     
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप