शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

शनिबार, ३२ साउन २०७६, २१ : ०५
शनिबार, ३२ साउन २०७६

एजेन्सी । आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । 

घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा आर्सनलले बर्नलीलाई २–१ गोलले हरायो । आर्सनललाई जिताउन अलेकसान्डर लाकाजेट्टी र पिर्रे इमेरिक औबामियाङले गोल गरे । 

बर्नलीका आस्ले बर्नेसले गोल गरेका थिए । लाकाजेट्टीले १३औं मिनेटमा सुरुवाती गोल गरेका थिए । बर्नलीका बर्नेसले ४३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

आर्सनलले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । पिर्रेले ६०औं मिनेटमा गरको गोल आर्सनलको जितमा प्रयाप्त बन्यो । 

लिगमा लगातार दोस्रो जितसँर्ग आर्सनलले ६ अंक बनाएको छ । बर्नलीको तीन अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप