थानकोटबाट पेस्तोलसहित पक्राउ परेका लामा विप्लवको कार्यकर्ता
काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित पक्राउ गरेको व्यक्ति विप्लव कार्यकर्ता रहेको खुल्न आएको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टबाट २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई थानकोट प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डीएसपी कुमार बिक्रम थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामा विप्लव कार्यकर्ता रहेको खुल्न आएको रातोपाटीलाई जानकारी दिए ।
थापाका भने, ‘धादिङबाट काठमाडौं आउँदै गरेको बा२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।’
लामाको साथबाट उसालेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान